Aamsanchar

नेपालमा कोरोना संक्रमितको संख्या फेरी थपियो

Author Image
शुक्रवार, चैत १४, २०७६

काठमाडौं ।  कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।

सुदुरपश्चिमको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार्थ एक जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो ।

यस अघि यूएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका थिए ।
यस्तै फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको थियो ।

गएको सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचारत १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो चौंथो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो।

अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर