Aamsanchar

झन कडा हुदै : आज बिहानै लकडाउन उल्लंघन गर्ने १३९ जना पक्राउ

Author Image
शनिवार, चैत १५, २०७६

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ ।

लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।

जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल भन्छन्, ‘अब सबैले लकडाउन के हो रु कसको लागि भन्ने बुझिसक्नु भएको छ । एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर