Aamsanchar

झापा कारागारमा नयाँ कैदी लाई प्रवेश निषेध, ८४ जनाको कैद मिनाहाका लागि सिफारिस

Author Image
मङ्गलवार, चैत १८, २०७६

झापा ।  कोरोनाको सम्भावित संक्रमणबाट बच्न देशभरका ७२ वटै कारागारमा उच्च सतर्कता अपनाइएको छ।

कोरोना भाइरस को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेका छन्।

गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० प्रतिशत कैद भुक्तान भइसकेका ८४ जनाको नाममा सिफारिस गरेको कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए।

कैद मिनाहा गर्न सकिने कैदी बन्दीको नामावली विभागले माग गरेपछि उनीहरूको नाम पठाएको उनले बताए। उनका अनुसार एक वर्षसम्मका कैद भएका ४० जना, २९ जना ज्येष्ठ नागरिक र १५ जना ५० प्रतिशत कैद भुक्तान गरिसकेका र नेगेटिभ मुद्दा नभएका कैदीको नाम सिफारिसका लागि पठाएको हो।

‘हामीसँग नाम मागेपछि पठाएको हौं,’ उनले भने, ‘अब निर्णय गर्ने काम विभागको हो’ उनले भने, ‘महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बमोजिम चारदिन अघि झापा जिल्ला अदालत भद्रपुरमा दुई जनाको नाम सिफारिस गरी कैद मिनाहाका लागि पठाएको थियौं।

तर अदालतबाट अहिलेसम्म केही निर्णय आएको छैन।’ कारागारमा कोरोना त्रास रहेकोले हाल नयाँ कैदी बन्दीलाई प्रवेश गर्न नदिएको बताए। उनले भने, ‘हाललाई कारागार लकडाउनमा राखिएको छ।’ कारागारमा हाल १०३५ जना पुरुष, ७८ जना महिला कैदी बन्दी रहेको जनाइएको छ।

हाल मुलुकभर रहेका ७२ वटा कारागारमा २५ हजार सात सय एकजना कैदीबन्दी छन् । जसमध्ये बालबालिका १२ सयभन्दा बढी छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर