Aamsanchar

सुरुङ्गामा कृषकको भिड, रासायनिक मल बन्यो लकडाउनको उलंघनको कारक

Author Image
बिहिवार, चैत २७, २०७६

कनकाई नगरपालिका ४ सुरुङ्गामा अहिले रासाययिक मल लिनेको भीड लागेको छ । लक डाउनको अवस्थामा सामाजिक दुरी कायम गर्न भनिएको छ, एक व्याक्ति र अर्को व्याक्ति विचको दुरी कम्तीमा ३ फिट बनाएर मात्रै अत्यावश्यक कामका लागि घर बाहिर नजान उर्दी जारी गरिरहेको छ ।

कनकाई नगरपालिका ४ सुरुङ्गामा भने आज विहान ६ बजेदेखिनै सयौँ मानिसको भीड लगाईएको छ । मल किन्नका लागि जम्मा भएका कृषकहरु लकडाउन र दुरीको कुनै प्रवाह नगरि जम्मा भएका छन । उनीहरुमध्ये धेरैले मास्क पनि लगाएका थिएनन ।  किराना, औषधी पसललाई सामाजिक दुरी कायम गर्न भनिई रहँदा मल दोकानमा कुनै सावधानीका कुरा अवलम्बन नगरिनु  स्थानिय सरकारको समेत डर नराखिएको बुझिन्छ ।

मानिसको भीड वढेको २ घण्टा पछि कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरीले भीड नर्गन अनुरोध गरेपनि कृषक समुह बल्लतल्ल आएको मल नलिइ नजाने अड्डी कसेपछि केहि भीड कम भएपनि भीडको निरन्तता भने घटेन । कृषकलाई मल वितरणका लागि कुनै तयारी नगरि एक्कासी लामो समयमा मल दिदा सुरुङ्गामा एक्कैदिन कृषकको यत्रो भीड जम्मा भएको हो । कृषकको यो भीडले सरकारले गरेको लक डाउनको खिल्ली उडाएको मात्रै छैन । गाउँ गाउँमा रोगको त्रास समेत वढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)