Aamsanchar

कोरोना बाट कसरी बाच्ने भन्ने डर भएको वेला, जग्गा विवादमा खुकुरी प्रहार हुँदा अर्जुनधाराका तीन घाइते

Author Image
शनिवार, चैत २९, २०७६

प्रतिकात्मक तस्वीर

झापा । कोरोना भाईरस प्रकोपका कारण को कतिखेल मर्छ र कसरी बाच्ने भन्ने चिन्ताले विश्व सोचमग्न भएको वेला जग्गाको विषयमा वादविवाद हुँदा झापामा धारिलो हतियार खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट आमा छोरासहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते हुनेमा अर्जुनधारा नगरपालिका ५ बस्ने ३२ वर्षीय सुभद्रा गेलाल, ७२ बर्षीया जानुकादेवी गेलाल र उनका ३० वर्षीय छोरा केशव गेलाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ५ बस्ने बस्ने सुभद्रा गेलालको परिवारसँग सोही ठाउँकै छिमेकी पुण्यप्रसाद खनालको जग्गाको विषयमा वादविवाद भएको थियो । वादविवादको क्रममा खनालले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए ।यता घाइते तीनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने खुकुरी प्रहार गर्ने खनाललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर