Aamsanchar

स्याङ्जाको वालिङमा कुपन मार्फत राहत बिरतण

Author Image
आइतवार, चैत ३०, २०७६

कोभिड १९ कोरोना भाइरस रोकथामका लागि राज्ले घोषणा गरेको लकडाउनसँगै अति बिपन्न र दैनिक मजदुरी गर्ने परिवारलाइ हातमुख जोर्न धौधौ भैरहेको छ ।

यस्ता परीवारको पहिचान गर्दै देशभरका स्थानिय तहले राहत बितरणलाई प्राथमिकतामा राखेका छन् ।

पछिल्लो समय बिभिन्न संचारमाध्यममा रहात बितरण गर्ने प्रकृया र सामाजिक संजालमा फोटो प्रदर्शन गर्ने प्रवृत्तिमाथी आलोचना हुन थालेपछी स्याङजाको वालिङ नगरपालिकाले रहात बितरणको अबधिमा फोटो खिच्न प्रतिबन्ध लगाएको छ ।

गरीब, मजदुर लगाएत बिपन्न परीवारको प्रतिष्ठामा आँच आउने बिषयलाइ मध्यनजर गर्दै यस्तो निर्णय गरिएको नगरप्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाले पहिलो चरणमा १९४६ परिवारको पहिचान गर्दै कुपनमार्फत राहत बितरण शुरु गरेको छ । नगरभित्र रहेका १४ वटा वडाका वडा अध्यक्षको संयोजकत्वमा पायक पर्ने स्थानबाट रहात सामाग्री प्राप्त गर्न सकिनेछ ।

नगरपालिकाले घर र आयस्रोत नभएको परिवार र घर भएको तर अन्य जग्गा जमिन तथा आयस्रोत नभएको परीवारलाइ प्राथमिकतामा रााखेको छ । पारिवारिक संख्याको आधारमा पहिलो चरणमा १५ दिनलाइ पुग्नेगरी नगरमानै उत्पादन भएको हरियो तरकारी सहित चामल, नुन, दाल, साबुन र तेल बितरण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर