Aamsanchar

बिस्का जात्रा पूजामै मात्र सीमित रहने

Author Image
सोमवार, वैशाख १, २०७७

फायल तस्वीर ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणकै कारण यस वर्षको बिस्का जात्रालाई पूजामै मात्र सीमित गर्ने निर्णय गरिएको छ।

जात्रा, पर्व अनि तिथीमिती त कसैले नेपालबाट सिकोस् । हरेक दिनलाई हामी पर्व झैं मनाउछौं, हरेक हर्ष अनि उत्सवको उत्सर्गमा मनाउने यो चलन यो वर्ष सम्भव नभएपनि यस वर्ष भन्दा बाहेक सदासर्वदा कायम रहोस् ।

विक्रम सम्बतको नयाँ वर्षको प्रथम दिन नै राजधानी काठमाण्डौ वरपर भक्तपुर, धापासी, ठिमी, टोखा लगायतका ठाउँहरुमा बिस्का जात्रा मनाइन्छ । बिस्का यस जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । विक्रम संवतको प्रथम दिनमै यस जात्रा परेतापनि यो जात्रा मनाउने कारणहरु विक्रम सम्बतसंग जोडिएको पाइदैन् । बिल्कुल फरक र मौलिक यस जात्राका विषयमा केही कुराहरु प्रस्तुत छः

ठिमीको बालकुमारी अनि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा बिस्का जात्राको मनोरम रौनक रहन्छ, किंवदन्तीका अनुसार नागको मृत्यूसंग यस जात्राको सम्बन्ध रहेको बताइन्छ । बिस्काको अर्थ नै सर्पको मृत्यू भन्ने हुन्छ । भैरव र भद्रकालीको भीमकाय रथलाई तानेर खल्ला टोल लगिन्छ, टौमडीस्थित न्यातपोल मन्दिर अघिल्तीर राखेर हरेक वर्ष चैत महिनामा यस रथलाई तयार गरिन्छ । मुख्य आकर्षण त रथलाई भक्तपुरका माथिल्लो र तल्लोभागका वासिन्दाले आआफ्नो क्षेत्रमा तानेर लिएर जाने क्रममा भएको तानातान हो, बडो गज्जबको प्रतिस्पर्धाका बिच यस जात्राले क्रमशः रौनक थप्दै जान्छ । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ । उता ठिमीमा भने सिन्दुर जात्रा पनि निकालिन्छ, लयाकुमा ठिमीका वासिन्दाले आआफ्नै ससाना रथ ल्याउने गर्दछन्, धिमे बाजाको मधुर संगीतमा सिन्दुरी नयाँ वर्ष झनै गज्जब हुन्छ । उता वोडे मा चाँही जिब्रो छेड्ने कार्यक्रम गरिन्छ, नयाँ वर्ष शुरु गर्ने उत्साहजनक परिवेश यस जात्राले प्रदान गर्दछ ।

यी विभिद क्रियाकलाप अनि उत्सर्गको यस जात्रा नयाँ वर्ष प्रारम्भ हुनु ४ दिन अगावै शुरु हुने गर्दछ । यस जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ, जात्रामा भक्तिभाव सहितको सहभागिता जनाउनाले शत्रुक्षय हुने पनि बताइन्छ ।

सुरक्षाका हिसाबले यस जात्रा संवेदनशील मानिन्छ तसर्थ सुरक्षानिकायहरु यस जात्रामा विशेष रुपमा तैनाथ गरिन्छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर