काभ्रेपलाञ्चोकमा बुधबारआरडिटि रिपोर्टमा कोरोना पोजेटिभ दखिएकाहरुको पीसीआर रिपोर्टमा कोरोना नभएणको देखिएको छ।
काभ्रेमा र्यापिड टेष्ट गराउँदा पोजेटिभ देखिएका दुईजनाको थ्रोटस्वाब धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट परिक्षण गरिएको थियो।
उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका बासिन्दा थिए। पीसीआर प्रविधिबाट आज मात्रै धुलिखेलमा ५० जनाको परिक्षण गरिएको छ।
हालसम्म धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट २६३ जनाको परिक्षण गरिएको छ। र सबैको रिपोर्टमा कोरोना नभएको पाईएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 124