Aamsanchar

धुलिखेलमा असिना बर्षा पात्लेखेत बढी प्रभावित

Author Image
बिहिवार, वैशाख ४, २०७७


धुलिखेल । पात्लेखेतमा बिहीबार बिहान असिना पानी परेको छ। झन्डै १५ मिनेटमा असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन्।

बैशाख महिना पहिलो साता परेको असिना पानीले थन्क्याउन ठिक्‍क परेको तोरी नोक्सान भएको कृषी समूहले बताए । साग, काउली, बन्दा, बकुल्ला, केराउ, लसुन, गऊँ, तेरी,प्याजलगायतका तरकारी बालीमा ठूलो नोक्सान भएको स्थानीय किसानहरुले सुनाए

लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो।

असिना विस्कुन सुकाएको जस्तै देखिन्थ्यो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर