काठमाडौं । कोरोनाभाइरस प्रकोप पढदै गएको अबस्थालाई मध्येनजर गरेर राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो ।
कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्तर्गत उपलब्ध गराएको कूल बजेटमध्येबाट सो रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।
सो बजेट सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 211