Aamsanchar

उदयपुरमा लुकेर बसेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका

Author Image
शुक्रवार, वैशाख ५, २०७७

मोरङ । लुकी छिपी लकडाउनमा प्रहरीलाई छल्दै भारतबाट उदयपुर आएका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

यद्यपि पुष्टी भने भएको छैन । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।

उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।

उनीहरुको सुरुमा र्‍यापिड टेष्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार विहान काठमाडौं पठाइएको छ ।

त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले भने, ‘नातागोता भेट्न भनेर ४,५ दिन अगाडि आएको भन्छन् । तर वास्तविक कुरा भनेको जस्तो देखिँदैन ।’ उनीहरुले भने आफूहरु सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उपदयपुर आएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर