
काठमाडौँ : राजधानीको कोटेश्वरमा लकडाउनको उल्लंघन गर्दै हजारौँ मानिसहरु सडकमा निस्किएका छन्। कोटेश्वरमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत जिल्लामा जान सर्वसाधारण र गाडीको ताँती लागेको थियो ।

सर्वसाधारणको भीड सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएको छ। मंगलबार दिउँसैदेखि राजधानीका विभिन्न भागबाट थुप्रैको संख्यामा यात्रुहरु कोटेश्वरमा जम्मा भएर बस चढिरहेका छन्। ती बसहरु गाउँबाट व्यवस्था गरेर पठाइएको बताइएको छ।
Views: 211


