Aamsanchar

सञ्जीवनी सहकारीको नाफा २८ लाख

Author Image
सोमवार, भदौ २७, २०७३

बिर्तामोड ।
बिर्तामोड–७स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लि.ले यस बर्ष २८ लाख ९ हजार ४ सय ४७ रुपैयाा ३२ पैसा नाफा कमाएको छ ।
संस्थाको ९औं साधारणसभाको पूर्वसन्ध्यामा आइतवार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष यामकुमार चुडालले प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । संस्थामा हाल १९१६ शेयर सदस्य र एक करोड ९ लाख १३ हजार शेयरपुाजी रहेको जनाइएको छ ।
चालू बर्षमा संस्थाले शेयर सदस्यको संख्या २५२२ पुर्‍याउने र एक करोड ५४ लाख शेयर पुाजी पुर्‍याउने लक्ष्य लिएको बताइएको छ । संस्थाका सञ्चालक समिति सदस्य मेघराज बास्तोलाका अनुसार ०७३को असार मसान्तसम्म ४ करोड ६० लाख ९ हजार ८८ रुपैयाा बचत रहेकोमा चालू बर्ष ६ करोड ५ लाख ८० हजार बचत रहने लक्ष्य राखिएको छ ।
त्यस्तै बितेको बर्ष ५ करोड ९५ लाख ९ हजार नौ सय ७९ रुपैयाा ऋण लगानी रहेकोमा चालू बर्ष ८ करोड ६८ लाख ७१ हजार १ सय ६० रुपैयाा ऋण लगानी गर्ने लक्ष्य रहेको बताइएको छ । संस्थाले साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी यसै बर्ष सञ्जीवनी स्वास्थ्य कोष स्थापना गर्न प्रत्येक सदस्यबाट यस बर्ष ५ सय रुपैयाा जम्मा गरी बर्षेनि १ सय रुपैयाा जम्मा गर्ने योजना रहेको अध्यक्ष चुडालले बताए । कोषबाट सदस्यहरुलाई ब्रेन ट्युमर, क्यान्सर, पक्षघात, मृगौला, मुटुको अप्रेसन जस्ता रोगको उपचार गर्नु परेमा २५ हजार रुपैयाा प्रदान गरिने, अन्य रोगको अप्रेसनमा ५ देखि २५ हजारसम्म उपलब्ध गराइने योजना रहेको बताइयो ।
त्यस्तै विशालु सर्पले डसेमा सदस्यलाई ५ हजार र परिवारका सदस्यलाई ३ हजार तथा सुत्केरी भत्ता एक जनालाई दुईपटकसम्म दुई हजारका दरले उपलब्ध गराइने बताइएको छ । कोषमा यस बर्ष १० लाख ५० हजार रुपैयाा जम्मा गरिने र यसलाई बर्षेनि बृद्धि गर्दै १० करोड पुर्‍याएपछि सदस्यको सम्पूर्ण उपचार खर्च संस्थाले नै व्यहोर्ने अध्यक्ष चुडालले बताए । साधारणसभाको अवसरमा संस्थाले विभिन्न विधामा पुरस्कार वितरण गर्ने भएको छ । उत्कृष्ट बचतकर्तातर्फ सविन कार्की, विनोद बस्नेत, अप्सरा तिम्सिना, सुनिता भण्डारी र सञ्जन विश्वकर्मालाई पुरस्कृत गरिने भएको छ । त्यस्तै उत्कृष्ट ऋणीतर्फ ईश्वरी दाहाल, शिवशंकर सरिया, लेखनाथ पौडेल, जमुना उप्रेती, पुण्यप्रसाद ओली, इन्द्रबहादुर गुरुङ र कल्पना तुम्वाफोलाई पुरस्कृत गरिने सदस्य बास्तोलाले बताए ।
त्यस्तै सामुदायिक विद्यालयतर्फ ८५ प्रतिशत अंक ल्याई एसएलसी उत्कृष्ट हुने होमप्रसाद पाठकका छोरा पारस पाठकलाई पुरस्कृत गरिने भएको छ । निजी विद्यालयतर्फ ९२.५ प्रतिशत अंक ल्याउने रञ्जनादेवी झाकी छोरी प्रियंका झा र ८५ प्रतिशत अंक ल्याउने पदमप्रसाद पाठकका छोरा एलिस पाठकलाई पुरस्कृत गरिने जनाइएको छ । संस्थाको साधरणसभा सोमबार सम्पन्न भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर