Aamsanchar

शिखर साकोसले सुरुगर्यो डिजिटल कारोवार सेवा

Author Image
बुधवार, वैशाख १०, २०७७


बिर्तामोड । कोरोना फैलिने मुख्य कारण मध्ययेको एक कारण रुपैया पैषा आदन प्रदान पनि हो । सर्वसाधारणको दैनिक जीवन यापनको लागि प्रमुख आवसेकता रुपैया नै पर्ने हुन्छ, अझ महामारी र संकटमा काम दिन्छ भनेर बैंक तथा वित्तिय संस्थामा बचत गरेर राखेको पैषा यतीवेला नागरिकलाई बढीमात्रमा आवसेक पर्न थालेको पनि छ । बैंक तथा बित्तिय संस्थाहरुमा सर्वसाधारणको भिड बढन थालेको छ ।

पैषाबाट कोरोना सर्ने जोखिम संगै भिडका कारण सामाजिक दुरी पनि भंग हुने भएकोले कोरोना संक्रमण फैलन सक्ने संभावना देखिए पछि सरकारले वित्तिय संस्थाहरुलाई डिजिटल पद्धतीबाट कारवार गर्न गरेको अग्रहलाई स्वीकार गर्दे बिर्तामोड स्थित शिखर साकोसले डिजिडल कारोवार सेवा सुरुगरेको छ ।

यो लकडाउनको समयमा राज्यले पनि डिजिटल कारोवारलाई प्रोत्साहन गरि रहेको अबस्थामा आजबाट शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुले घरमा नै बसेर आफ्नो संस्थाको खाताबाट कुनै पनि बैकमा पैसा पठाउन सक्ने सेवा सुरु गरेको हो ।

यो महामारीमा पैसा बाट पनि रोग सर्न सक्ने भन्दै सजग रहनु पर्ने अवस्थामा संस्थाले क्यासलेस कारोवारलाई प्रवर्धन गदै आएको छ । शिखर एम बैकबाट यो सेवा लिन सकिन्छ । रियल टाईम बैक ट्रान्सफर सेवा लिदा यस बेला सरकारले सेवा शुल्कमा छुट दिएको छ । यो सेवाले सदस्यहरुले शिखर साकोसको खाताबाट नेपालका धेरै जसो बैकको खातामा पैसा ट्रान्सफर गर्न सकिने शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले बताए ।  मोवाईल एपबाट संस्थाले विभिन्न सेवा दिदै आएको छ ।

सदस्यहरुलाई प्रावीधिक शिक्षा दिदै संस्थाले डिजिटल कारोवारलाई सदस्यहरु माझमा पुर्र्याएको छ । शिखर मोवाईल बैकिङ्क मार्फत संस्थाले एसएमएस सेवा, क्युआर भुक्तानी सेवा, बिजुली विल भुक्तानी ,फोन रिचार्ज , एयर टिकट,फन्ट ट्रान्सफर ,वालेट लोड सेवा लगायतका डिजिटल सेवा लिन सकिने बताइएको छ ।

नेपाल सरकारको निर्देशनलाई मानेर यो महामारीबाट आफु पनि बाचौं र अरुलाई पनि बचाऔ सुरक्षित घरमा नै बसेर कारोवार गर्न समेत अपिल साकोसले अपिल गरेको छ । सदस्यहरुले आफ्नो मोवाईल एपलाई अपडेट गरेर यो शिखर एम बैक सेवालाई एक्टिभ गर्न सक्नु हुनेछ । काठमाण्डौ स्थित हाम्रो टेक्नोलोजी संगको सहकार्यमा यो सेवा सुरु गरिएको बताईएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर