
जाजरकोट – गाउँमा पिउने पानी नपाइएको भन्दै जाजरकोटमा वडाध्यक्ष कुटिएका छन् ।

जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई मंगलबार राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाइते भएका सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए ।
कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो ।वडाध्यक्ष नेपालीमाथि खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ । घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको बस्नेतले जानकारी दिए ।

Views: 243


