Aamsanchar

कसैलाई भात छैन कोहीलाई मासु, जंगली जनावर मारेको आरोपमा दुई जना पक्राउ

Author Image
शनिवार, वैशाख १३, २०७७

लकडाउनको अवस्थालाई अबसर ठान्दै चोरी तस्करी बढेको खबरहरु आईरहेको अवस्थामा  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, लुङगुर्पाका ३९ वर्षका हिरा बहादुर गुरुङ र सोही स्थानका ३४ बर्षका टपिन्द्र बहादुर गुरुङलाई मृगको जस्तो देखिने जंगली जनावरको मासु सहित पक्राउ गरेको हो ।

उनीहरुले घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
टपिन्द्रको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारेको र पुजा घरमा दुई नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जानकारी दिएको हो ।

हिरा बहादुर गुरुङको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालाको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु राखेको अवस्थामा फेला परेको प्रहरीले थियो ।  उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी बाह्रबिसेको हिरासत कक्षमाराखि यस बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर