Aamsanchar

कोरोना प्रभावित जिल्ला उदयपुर पुगे मुख्यमन्त्री राई

Author Image
आइतवार, वैशाख १४, २०७७


विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताउनुभएको छ । आज कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो ।

कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई बस्न आग्रह गर्नुभएको छ । तपाईहरुको साथमा प्रदेश सरकार छ, नआत्ति बस्नुहोस्, मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परीक्षण गरिने समेत बताउनुभयो ।  मुख्यमन्त्री राईले प्रदेशका दुईवटा कोरोना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । राई शनिबार स्वास्थ्य सामग्रीसहित कोरोना संक्रमित फेला परेपछि पूर्ण लकडाउन गरिएका क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।

मुख्यमन्त्रीसँग आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोली कोरोना प्रभावित क्षेत्रमा पुगेको हो ।  मुख्यमन्त्री राईको टोलीले उदयपुरको भुल्के, भोजपुरको हतुवागढी र उदयपुरको कटारी १ बेलसोतमा रहेको क्वारेन्टाइन स्थलको समेत निरीक्षण गर्नुभएको छ ।

मुख्यमन्त्रीको टोलीले उदपयुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ । त्यहाँ कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव थियो ।

मुख्यमन्त्रीले थर्मगन, पीपीई, एन९५ माक्स, सेनिटाइजर, ग्लोभ्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री हतुवागढी र उदयपुर पु¥याई दिएका हुन । प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर