Aamsanchar

भारतद्वारा चीनबाट आयात गरिएको ५ लाख र्यापिड टेस्ट किट रद्द

Author Image
मङ्गलवार, वैशाख १६, २०७७

भारतले चीनबाट पाँच लाख र्यापिड टेस्टिङ किटको अर्डर रद्द गरेको छ । यो टेस्टिङ किटले सही नतिजा नदेखाएका कारण अर्डर रद्द गरेको जानकारीमा उल्लेख छ ।

भारतको केन्द्र सरकारले राज्यमा पठाइएको टेस्टिङ किट फिर्ता मागेको छ । यी किटमार्फत् संक्रमित व्यक्तिको रगतमा एन्टीबडीबारे पत्ता लगाइन्छ । र्यापिड टेस्टिङ किटमार्फत् परिणाम हासिल गर्न आधा घण्टा लाग्छ । यसमार्फत् अधिकारीले कुनै विशेष इलाकामा संक्रमणको वृद्धिबारे अनुमान गर्न सक्छन् ।

यद्यपि, र्यापिड टेस्टिङ किटमार्फत् कोरोनाभाइरसको परीक्षण भने हुन सक्दैन र यस्तोमा थुप्रै वैज्ञानिकले यसको प्रयोगमा प्रश्न उठाइरहेका छन् । अर्कोतर्फ चीनले भारतको दाबी खारेज गरेको छ । चिनियाँ दूतावासका प्रवक्ता जे रोंगले मंगलबार आफ्नो बयानमा भने, ‘चीनबाट निर्यात गरिने स्वास्थ्य उपकरणमा गुणस्तरलाई प्राथमिकता दिइन्छ । केही व्यक्तिले चिनियाँ उत्पादनलाई दोषपूर्ण बताउनु अनुचित र पूर्वाग्राहीयुक्त गैर जिम्मेवारीयुक्त दृष्टिकोण हो । ’

भारतका केही राज्यले र्यापिड टेस्टिङ किटको प्रयोगपछि असन्तुष्टि व्यक्त गरेका थिए र यसको परिणाममा ५ प्रतिशत मात्रै विश्वास गर्न सकिने बताएका थिए । राज्यका अनुसार यी किट्समार्फत् कोरोना संक्रमित व्यक्तिको परीक्षण गर्दासमेत नतिजा नेगेटिभ देखिएको छ ।

त्यसपछि इन्डियन काउन्सिल अफ मेडिकल रिचर्सको क्वालिटी चेकमा यी टेस्ट किट फेल भए । सोमबार दिल्ली हाइकोर्टले पनि भारतले टेस्टिङ किटका लागि धेरै पैसा भुक्तानी गरिरहेको बताएको थियो ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर