Aamsanchar

कर्मचारी नै चोर बनेपछी भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा

Author Image
मङ्गलवार, वैशाख १६, २०७७

चितवन : कर्मचारीहरुले नै सामान चोरी गरेपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छापा मारेको छ। अस्पतालका सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले कोरोना विशेष (अस्थायी) अस्पतालमा मंगलबार छापा मारेको हो।

हेटौंडाबाट पुगेको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो। कोरोना अस्पतालमा आर्थिक अनियमितताको आशंका गरिएको छ। प्रदेश ३ सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ दिएको थियो। कोरोना आशङ्का गरिएका र सङ्क्रमितको उपचार गर्न भरतपुर महानगरपालिकाले तयार पारेको उक्त अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु पोको पारेर लगेको भिडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो।

यसैबीच कोरोना अस्पतालमा चोरी भएको भिडियो फुटेज बाहिरिएपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले स्पष्टोक्ति दिएको छ। मंगलबार विज्ञप्ति निकालेर कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको छ। कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तीमा कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले संचालन गर्ने सहमतिपछि सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँका सामानलाई व्यवस्थित गरिएको जिकिर गरिएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर