Aamsanchar

रहस्यमय मृत्यु प्रकरण : महोत्तरीमा मर्नेको संख्या ६ पुग्यो

Author Image
बिहिवार, वैशाख १८, २०७७

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकामा एक सातायता ६ जनाको रहस्मय मृत्यु भएको छ ।

बिहीबार थप दुई जना स्थानीयको मृत्यु भएसँगै भंगाहा-७ मा एक सातायता मृत्यु हुनेको संख्या ६ पुगेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले  जानकारी दिए ।

महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीका अनुसार बिहीबार स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सुकदेव महाराको मृत्यु भएको छ । यसअघि मंगलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको थियो ।

एक साताभित्रमा ६ जना मृत्यु भइसके पनि उनीहरुको मृत्युको कारण भने पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । ६ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरी उपरीक्षक अधिकारीले भने, ‘मृतक दुवै जनाको शवको पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि मात्रै उनीहरुको मृत्युको कारण खुल्न सक्छ । कोरोना परीक्षणका लागि समेत दुवै जनाको स्वाबको नमुना संकलन गरिएको छ । ‘ अधिकारीका अनुसार उक्त क्षेत्रबाट घरेलु मदिरा उत्पादन गर्ने चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । श्रोत : अनलाईन खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 800

प्रतिक्रिया (०)

सम्बन्धित खबर