
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सचिवालय समितिले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक (मजदुर) मा समुन्नति र प्रगतिपूर्ण सुखी र समृद्ध जीवनको कामना व्यक्त गर्दै श्रमिक वर्गको गाँस, बास र कपासको प्रत्याभूति गर्न गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन केन्द्रीय सचिवालयका प्रखम द्वय भाष्कर भद्रा र ध्रुब बहादुर प्रधानले विज्ञप्ती जारीगरेका हुन ।

सुन्दर संसारको निर्माण गर्ने र मानव सभ्यतालाई आजको अवस्थामा ल्याउनमा निर्णायक एवं उल्लेख्य भूमिका निर्वाह गरेको श्रमिक जनताको जीवन अपेक्षाकृत कष्टकर नै रही आएकोमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको कारण सिंगो विश्व समुदाय नै बन्दावन्दीको चपेटामा पर्दा अत्यन्त कष्टकर बनेको र नेपालमा संगठित क्षेत्रका तुलनामा असंगठित क्षेत्रमा कार्यरत श्रमिक (मजदुर) को स्थिति अत्यन्त दयनीय भएकोले बन्दावन्दीको स्थिति थप लम्बिएमा संगठित क्षेत्र समेत घुँडा टेक्ने अवस्थामा पुगेमा लाखौं लाख श्रमिक बेरोजगार बन्नु पर्र्ने खतरा विद्यमान रहेको र विश्वको अर्थ ब्यवस्थामा अत्यन्त प्रतिकुल प्रभाव परिसकेको छ, जसको पहिलो र प्रत्यक्ष असर श्रमिक जनताको जीविकामा परेकोले श्रमिक वर्गलाई गाँस, बास र कपासको प्रत्याभूति गर्न गराउन राप्रपा नेपालले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।






