Aamsanchar

झापाकी कोपिलालाई जर्मनीमा सम्मान

Author Image
मङ्गलवार, भदौ २८, २०७३

kopila[गायत्रीनाथ गिरी]
जर्मनी ।
झापाको बिर्तामोडस्थित समुन्नत नेपालकी अध्यक्ष कोपिला खड्का बस्नेतलाई जर्मनीमा एउटा संस्थाले सम्मान गरेको छ ।
घरेलु हिंसामा परेका महिलाहरुको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै उनलाई जर्मनीको हस्वर्गमा सेप्टेम्बर ९ तारिकमा आयोजित विशेष समारोहकाबीच द फिमो नामक संस्थाले सम्मान गरेको थियो ।
संस्था स्थापनाको ५० वर्षको अवसर पारी आयोजित समारोहमा घरेलु हिंसा पीडित महिलाको क्षेत्रमा कोपिला र सुस्त मनस्थितिका बालकको क्षेत्रमा काम गर्ने अमेरिकाका एक पुरुषलाई सम्मान गरिएको समुन्नत नेपालका सचिव गोपाल खतिवडाले जानकारी दिए ।

kopila basbnet

कोपिला एक दशकदेखि समुन्नत नेपालमार्फत घरेलु हिंसा पीडित महिलाहरुलाई काउन्सिलिङ, निशुल्क कानुनी सहायता, आत्मनिर्भरताका लागि सिप प्रदान, हिंसा पीडित बालबालिकालाई निशुल्क शिक्षा र उनीहरुलाई समाजमा पुनस्र्थांपनाका लागि अग्रणीरुपमा काम गर्दै आएकी छिन् ।

हिंसा पीडित महिलाहरुले समुन्नत नेपाललाई आफ्नो सुरक्षित साझा घरको रुपमा लिन थालेका छन् ।
समुन्नत नेपालबाट पीडित सयौं महिलाले न्याय पाई आत्मनिर्भरताको बाटोमा अग्रसर भएको बताइन्छ ।
उनीहरुले समुन्नत नेपालमा सिप सिक्दै तयार गरेका विभिन्न हस्तकलाका सामग्री अष्ट्ेरलिया, क्यानडा, अमेरिका लगायतका मुलुकमा बिक्री हुने गरेको छ ।
सम्मानित कोपिला अधिवक्ता तथा नेपाल पत्रकार महासंघ झापाकी सदस्य समेत हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर