बिर्तामोड । लकडाउन लम्बिए संगै बिप्पन वर्ग मा खाद्यान्न संकट जटिल बन्दै गएको छ । सरकारले उद्योग र निर्माण कार्य सुचारु गर्न दिने निर्णय सार्वजनिक गरे पनि व्यवहारमा अवलम्बन हुन सकेकोले छैन । दैनिक ज्याला मजदूरी गर्नेहरु थप संकटमा परेका छन् ।
सरकारले एकद्वार प्रणाली लागु गरे पनि बिर्तामोड नगरपालिका वार्ड नम्बर ३ ले सरकार र सामाजिक संस्था साझेदारीको नीति अपनाउदै राउण्ड टेबल बिर्तामोड २७ को सहकार्यमा बिर्तामोड नगरपालिका वार्ड नम्बर ३ का २० परिवारलाई सरकारी मापदण्ड अनुसार राहत वितरण गरेको छ ।
संस्थाहरु संग सहकार्य गर्दै चुलो निभेका परिवारका लागि वडा नं. ३ ले गरेको सहकार्यले समयमै वास्तविक लक्षित वर्गले राहत पाउन सकेको जनताको सेवा गर्न पाएकोमा खुशी लागेको राउण्ड टेबल २७ का अध्यक्ष्य सुमित मंगलले बताएका छन ।
आगामी दिनमा आवश्यकपरे जनप्रतिनिधिहरु संग समन्वय गरेर यस प्रकारका राहतलाई निरन्तरता दिने राउण्ड टेबल २७ का सदस्य एवं कार्यक्रम संयोजक मिजास पोखरेलको भनाई छ । राउण्ड टेबल २७ ले बिगतका दिनमा शिक्षा , स्वस्थ , जस्ता सामाजिक कार्यमा अग्रसर रहदै कोरोना महामारीको बेला झापा जिल्लाको बिर्तामोड ईलाका प्रहरी कार्यालयमा डिसइन्सफेक्शन बुथ जडान जस्ता प्रभवकारी कार्य गरेको छ ।