Aamsanchar

अनाधिकृत रुपमा प्रेसको दुरुपयोग गर्ने व्यक्तिलाई कार्वाही गर्न महासंघको माग

Author Image
शुक्रवार, वैशाख २६, २०७७

काठमाण्डौं  ।  प्रेसको दुरुपयोग गर्नेहरुलाई कार्वाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।

लकडाउनको समयमा प्रेसको दुरुपयोग गरी सवारी साधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्ति बढेकोप्रति आपत्ती जनाउदै नेपाल पत्रकार महासंघले नियन्त्रणमा लिएर कार्वाही गर्ने माग गरेको हो ।
महासंघका महासचिव रमेश बिष्टले सञ्चारकर्मी बाहेकका व्यक्तिलाई प्रेसको दुरुपयोग नगर्न र अनाधिकृत रुपमा प्रेसको दुरुपयोग गर्ने व्यक्तिलाई चेकजाँच गरी कारवाही गर्न सरकारसँग माग गरेका छन ।

यसैगरि कोरोना संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थामा श्रमजीवी पत्रकारहरुलाई कामबाट नहटाउन पारिश्रमिक दिन पनि महासंघले माग गरेको छ ।

कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन मिल्दैन महासंघले भनेको छ ।
महासंघले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न पनि आग्रह गरेको छ ।

महासंघले विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियत उपलब्ध गराउन नेपाल सरकारसँग माग पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर