Aamsanchar

कोरोना भाइरस संक्रमणको त्रासले गर्दा, आमाको मृत्यु संस्कार गर्नबाट छोरा बञ्चित

Author Image
आइतवार, वैशाख २८, २०७७

पाँचथर । कोरोना भाइरस संक्रमणको त्रासले गर्दा पाँचथरमा एक व्यक्त्ति आफनै आमाको मृत्यु सँस्कारमा सहभागी हुनबाट बंचित भएका छन ।
शुक्रबार निधन भएकी फालेलुङ २ कि ६५ बर्षिय रामबुङ राइको मृत्यु संस्कारमा इलामको माइनगरपालिकाबाट आएका कान्छा छोरा र आफन्तहरुसंक्रमणको त्रास भन्दै गाउँ आउन नपाएपछि मृत्यु सँस्कारबाट बंचित भएका हुन ।

आमाको अन्तिम दाहसँस्कार गर्न नपाएपनि काजरियामा सहभागी हुने आशलिदै आएपनि गाउँ जान नपाएपछि बाटोबाटै फर्कनु परेको कान्छा छोरा भगिराज राइले बताए । उनि पत्नी र आफन्तलाई लिएर मृत्यु सँस्कारमा सहभागी हुन आएका थिए ।

झापाको बुधवारे हुँदै शुक्रबार दिउँसो अवेर फालेलुङका लागि हिडेका उनीहरुलाई पाँचथर प्रशासनले इलाम र पाँचथरको सिमानामा पर्ने राँकेमा सोधपुछ गरेर स्वास्थ्य परिक्षण गराएको थियो । प्रशासनको सवारी अनुमती पत्र लिएर आएका उनीहरुलाई फालेलुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलबहादुर खत्रीले क्वारेन्टाइनमा नबसी मृत्यु सँस्कारमा सहभागी हुन नपाउने बताएका थिए ।

कोरोना संक्रमणको त्रासले छोरा आउन नपाएपछि नातामा काका पर्नेले भागिराजकी आमाको काजकर्म बारिरहेका छन । गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले पालिकामा बाहिरबाट आएकाहरु ३१ जना अझै क्वारेन्टाइनमा बसिरहेको र छोरा उनकी पत्नी बाहेकलाई क्वारेन्टाइनमा राख्ने भनेपछि उनीहरु रिसाएर फर्किएको बताए । पूर्वेली खबरबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर