कपिलवस्तु। नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । सोमबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुका हुन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १० जना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ १० जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा ३१ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । बाँकी ८९ जनाको उपचार भइरहेको छ ।
सरकारले कोरोना संक्रमण बढनेको संख्या स्थिर रहेको भन्दै देश भरिनै लकडाउन सुकुलो बनाईएको छ । लकडाउन सुकुलो पारिएसंगै सार्वजनिक स्थलमा सर्वसाधारणको भिडभाड बढिरहेको अवस्था छ, कोरोना संक्रमितको संख्या बढदैजाँदा अब कोरोनाको भयावह रुप देखापर्ने भय बढेको छ ।