Aamsanchar

दुई दिने जुम्ल्याहा बालिकाको पनि स्वाब लिइयो

Author Image
सोमवार, वैशाख २९, २०७७

प्रतिकात्मक तस्वीर

तुलसीपुर । कोरोना संक्रमणको आशंकामा पहिलो पटक २ दिने जुम्ल्याहा बालिकाको स्वाब लिइएको छ । क्वारेन्टाइनमा बसेकी महिलाबाट जन्मिएका हुनाले उनीहरुको स्वाब लिइएको हो ।

नेपालमा अहिलेसम्म स्वाब परिक्षण गरेको मध्ये उनीहरु नै सबैभन्दा सानो उमेरको भएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।
जन्मतौल कम भएका कारण उनीहरुलाई एनआइसियुमा राखेर उपचार गरिएको पनि उनले वताए । उनीहरुको अवस्था सुधारोन्मुख रहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी महिलाबाट जन्मिएका जुम्ल्याहा बालिकाको पिसिआर परिक्षणका लागि स्वाब लिइएको छ । तुलसी अस्पतालमा उपचाररत बालिकाको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको तुलसी अस्पतालका सञ्चालक डा। किशोर खत्रीले जानकारी दिए । २ दिन अगाडी क्वारेन्टाइनमा वसेकी अनिता यादवले उनीहरुलाई राप्ती प्रादेशिक अस्पतालमा उनीहरुलाई जन्म दिएकी थिइन् । अनिताको भने पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको छ । बालिकाहरुको रिपोर्ट मंगलवारसम्म आउने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. वसन्त डाँगीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर