Aamsanchar

भारतको पुलिसको कुटाई सम्झेर नेपालको पुलिस देख्दा डरले तीन तलाबाट हामफाल्दा पोखराका बस्नेत भए घाईते

Author Image
मङ्गलवार, वैशाख ३०, २०७७

भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए ।

बस्नेत भारतबाट आएको थाँहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी लिएर उनको घर पुगेका थिए । प्रहरीसहितको टोली घरमा देखेपछि पुलिसले पिट्छ भन्ने डरले तीन तलामाथिबाट हाम्फाल्दा उनी सामान्य घाइते भएका छन् ।

‘मलाई पुलिसले पिट्छ भन्ने डर लागेर हामफालेको हो । भारतमा पनि पुलिसहरुले धेरै कुटपिट गरेको थियो । विहार छिर्नुअघि पनि हामी त्यहाँको क्याम्प फोडेर भागेका हौँ । बिहारबाट नेपालको बोर्डरसम्म आईपुग्दा धेरै दिन भोकभोकै हिड्नु प¥यो,’बस्नेतले बताए ।

वडामा बस्नेत छिरेको थाह पाएपछि आफूहरु बस्नेतको स्वाव परीक्षणका लागि घर पुगेको वडा अध्यक्ष बरालले बताए । ‘उनलाई परीक्षण गर्न र क्वारेन्टाइनमा राख्नका लागि घरपुग्दा उनी हाम्फालिसकेका थिए । त्यसपछि उनलाई उपचारका लागि गण्डकी हस्पिटल लिएर आएका छौँ । अहिले आरटीडीका लागि स्याम्पल निकालिएको छ । त्यसपछि पिसिआरका लागि स्वाव निकाल्ने काम हुन्छ । उनलाई अव वडाकै क्वारेन्टाइनमा राखिन्छ । ’

भारतबाट नेपाल बोर्डर छिर्दा आइसी पाँचसय घुस दिएर बोर्डर छिरेको बस्नेतले बताए । ‘बोर्डर छिर्ने बेला भारतको पुलिसलाई पाँच सय आईसी दिएर नेपाल छिरेँ अनि कतै तरकारीको गाडीमा त कतै हिँडेर पोखरा आएको हो । हामीलाई पटकपटक टेष्ट गरियो । आफुलाई कोरोना छैन भन्ने लाग्यो र घर आएको हो । सर नत्र त आफ्नो परिवारलाई रोग सार्ने मन कस्लाई हुन्छ र रु’ बस्नेतले बताए ।

बाटोमा भोकभोकै हिडेर तर कहिले ट्रक चढेर पोखरासम्म आएको बताउँदै उनले भने –‘बाह्र दिन लगाएर घरसम्म आईपुगेँ । बाटोमा नि थुप्रै कष्ट काट्नुप¥यो । पिट्छ कि भनेर भागेको हो सरहरुले अहिले सवै कुरा सम्झाउनु भएको छ । अव क्वारेन्टाइन बस्नुपर्ला । बरु मरे पनि देशमा नै मरौँला । तर मलाई कोरोना लागेको छैन ढुक्क छु । ’
शनिबार मात्र पनि पोखरामा १२ जनाको टोली पथरीबाट आएको थिए । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । श्रोत : रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर