
काठमाडौँ । नारायणी अस्पतालको आइसोलेसन वार्डबाट दुई जना कोरोना संक्रमित भागेका छन् । मंगलबार कोभिड १९ पोजेटिभ देखिएका ति दुई अस्पतालमा भर्ना भएका वुधबार दिउँसो फरार भएका हुन् । शौचालय गएका उनीहरु फरार भएका अस्पतालले जनाएको छ ।

फरार रहेका संक्रमितहरुको खोजी गरिरहेको पर्सा प्रहरीले जनाकारी दिएको छ । मंगलबार पर्सामा एकैदिन ५७ जनामा कोरोना पुष्टि देखिएको थियो ।
Views: 147


