Aamsanchar

लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो जिल्ला प​रिष​द् द्वारा राहत वितरण

Author Image
बुधवार, वैशाख ३१, २०७७


कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेकालाई लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो जिल्ला प​रिस​द ३२५ बि १ नेपाल अन्तर्गत र​हेको लियो क्लब अफ काठ​मान्डौ अटल पिङ्गलास्थानले राहत वितरण जारी राखेका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा समेत अटल पिङ्गलास्थानले आ–आफ्नो ठाउँबाट सरकारलाई सक्दो सहयोग गरिरहेको जनाएका छन् ।
लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि १ नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो जिल्ला प​रिस​द ३२५ बि १ नेपाल अन्तर्गत र​हेको लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान द्वारा काठमाडौं -१२ ह्युमत टोल जैसिदेवलको  राष्ट्रिय आधारभुत विधालयमा तीस जना स्कुलले विपन्न घर परिवारलाई परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानका २०२०र२१ का अध्यक्ष  सुस्मा रेग्मी, २०१९र२० का नि. बर्तमान संस्थापक अध्यक्ष दुर्गा थापा, लियो २०२०र२१ का उपाध्यक्ष  प्रबेश कुमार कार्की र २०१९ र २० नि. ब​र्त​मान संस्थापक अध्यक्ष  रामेश्वर शर्मा भुर्तेल र संस्थाका सम्पूर्ण लायन्स र लियोको नेतृत्वमा उक्त खाद्यान्न सामाग्री वितरण गरिएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर