Aamsanchar

कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

Author Image
बिहिवार, जेठ १, २०७७

कपिलवस्तुमा सर्वसाधारणको सुुरक्षामा खटिएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुुरक्षामा खटिएका नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले रातोपाटीलाई बताए ।

उनीहरुलाई उपचारका लागि बुटवलमा लग्ने कि कपिलबस्तुमै राख्ने भन्नेमा छलफल भइरहेको उनले बताए । उनका अनुसार तीनै जनाको अवस्था सामन्य रहेको छ भने अन्य संक्रमतिलाई पनि कहाँ उपचार गर्ने भन्नेबारे छलफल भइरहेको छ।

यसअघि कपिलबस्तुमा एक नर्समा पनि कोरोना संक्रमित भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलबस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।

योसँगै कपिलबस्तुमा कोरोना संक्रमतिको संख्या ३९ पुगेको छ । यसैगरी प्रदेश नम्बर ५ मै रुपन्देहीमा २९, बाँकेमा २५ तथा बर्दिया र पश्चिम नवलपरासीमा १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्कर्मी तथा पत्रकारमा कोरोना पुष्टि हुन थालेको छ ।

मंगलबार भक्तपुरमा बस्दै आएका रामेछापमका एक सशस्त्र प्रहरीका जवानमा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वमन्त्री भीम रावलको सुरक्षामा खटिँदै आएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर