भारतको मुम्बईमा कोरोना संक्रमणका कारण बिहीबार दुई प्रहरीको मृत्यु भएको छ । मुम्बई पुलिस कार्यालयले ट्वीटमार्फत सो कुराको जानकारी दिएको हो ।

मुम्बई पुलिसका अनुसार स्थानीय सेवरी थानामा कार्यरत सहायक पुलिस सब इन्स्पेक्टर मुरलीधर वाघमारे र शिवाजी नगर थानामा कार्यरत प्रहरी भगवान पार्तेको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनीहरु केही दिनदेखि कोरोना संक्रमणसँग जुधिरहेको पनि मुम्बई पुलिसले जनाएको छ । मुम्बई पुलिसले मृत आत्माको शान्तिको कामना गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।
Views: 278

