Aamsanchar

जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासा सम्म ल्याईसक्यो

Author Image
शुक्रवार, जेठ २, २०७७

मेलम्ची : सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेको छन् । कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामाग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तयारी रहेको त्यहाँ स्तिथ भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

शनिबारसम्म काठमाडौँ पठाइने तयारी भएको उनले बताए। सेनाले सो प्रक्रिया मार्फत ६७ थरिका स्वास्थ्य सामाग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर