Aamsanchar

अवैध हतियार राख्ने धरानका राई पक्राउ

Author Image
शुक्रवार, जेठ २, २०७७

सुनसरी : सरकारले पटक पटक घरमा राखिएका हतियार बुझाउन गरेको सुचनालाई वास्था नगरी प्रतिवन्धित हतियार राख्नेहरु धेरैजना कानुनी कठघारामा पुगिरहेको अवस्था छ, सोही अनुसार  अवैध रुपमा लुकाई राखेको हतियारसहित धरानमा एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले वैसाख ३१ गते प्रक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ४ देवी गाउँका २० बर्षीय सूर्य राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

सूचनाको आधभारमा रार्इको घरमा प्रहरीले खनतलासी गर्दा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक एक थान, घरेलु नाल सहितको कटुवा बन्दुक जस्तै देखिने एक थान, बन्दुकजस्तै आधारको काठमो डमी राइफल दुई थान फेला पारेको न्यौपानेले बताएका छन् । पक्राउ परेका राईलाई जिल्ला अदालत सुनसरीबाट म्याद गप गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर