Aamsanchar

तमोर नदीले लियो एकजनाको ज्यान

Author Image
शनिवार, जेठ ३, २०७७

ताप्लेजुङ । तमोर नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ फुङ्लिङ(३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको हो । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका हुन ।

उनको शव २०० मिटर तल नदीको किनारमा फेला परेको थियो । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर