Aamsanchar

धरानको बीपी प्रतिष्ठानको प्रसूति वार्ड ‘सिल’

Author Image
सोमवार, जेठ ५, २०७७

धरान : कोरोना संक्रमित नर्स सुत्केरीको उपचारमा संलग्न भएको पाइएपछि धरानको बीपी प्रतिष्ठानको प्रसूति वार्ड ‘सिल ‘ गरिएको छ । बीपी प्रतिष्ठानमा भर्ना भएकी सुत्केरीको उपचारमा धनकुटाकी कोरोना संक्रमित स्टार्फ नर्स संलग्न भएको पाइएपछि बीपी प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको सहायक प्रवक्ता डा.अशोक ऐरले जानकारी दिएका छन् ।

संक्रमित नर्सले उपचार गरेर निको भएपछि ती महिलामा थप स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि प्रतिष्ठान रेफर गरिएको थियो। प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएका सबैको कोरोना भाइरसको संक्रमण परीक्षण गरेपछि मात्र घर पठाइने जनाइएको छ । धनकुटाबाट थप उपचारका लागि प्रतिष्ठान भर्ना भएकी सुत्केरी महिलालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर