Aamsanchar

जनकपुरमा दोस्रो पीसीआर मेसिन पनि थन्क्याइयो 

Author Image
मङ्गलवार, जेठ ६, २०७७

सांकेतिक तस्वीर

धनुषा । स्वास्थ्य परिक्षण द्रुतगतिमा हुनुपर्ने अहिलेको अबस्था छ । मुलुककालागि पर्याप्त ल्याव तथा उपकरण स्थापना गर्न नसकिएको अर्को समस्या हुँदा हुँदै प्रादेशिक अस्पताल जनकपुरधामको प्रयोगशालामा जडान गरेको पीसीआर मेसिनले समस्या सृजना गरेको छ ।
कोरोना संक्रमित धनुषाका एक पत्रकारले २४ वैशाखमा स्वाब परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आयो । तर पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि हाल प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
जिल्लाका २३ जना पत्रकारको स्वाब संकलन गरी प्रादेशिक अस्पताल जनकपुरधामको प्रयोगशालामा जाँच गरिएको थियो । यो मेसिनले रिपोर्ट नेगेटिभ देखाए पनि केही पत्रकारको स्वाब पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं लैजाँदा एक जना पत्रकारमा पोजेटिभ देखिएको थियो ।
यसले जनकपुरमा दोस्रो पटक जोडिएको पीसीआर मेसिनमा पनि प्रश्न उठेको छ । २१ चैतमा जडान गरिएको मेसिनले गलत रिपोर्ट दिएको भन्दै वैशाखको दोस्रो साता अर्को मेसिन जोडिएको थियो ।

अर्को मेसिनले पनि गलत रिपोर्ट दिन थालेपछि यसलाई पनि थन्क्याइएको छ । ‘यस्तो मेसिन त चलाउनै नहुने हो’ प्रादेशिक प्रयोगशाला प्रमुख रामविनय साहले भने, ‘बिना ब्रेकको गाडीमा चढ्न त जसलाई पनि डर लाग्छ । यो मेसिन पनि त्यस्तै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर