Aamsanchar

भारतको पानीटंकी बाट मेची खोला हुँदै लुकीछिपी नेपाल प्रवेश गर्ने ६१ जना पक्राउ

Author Image
मङ्गलवार, जेठ ६, २०७७

मेचीनगर । कोरोना संक्रमणले लकडाउन भएपछि नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेका ६१ जना नेपाली मंगलबार लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् । उनीहरु मेची खोला हुँदै नेपाल प्रवेश गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेची खोलाबाट उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जनाइएको छ । स्रोतका अनुसार उनीहरुलाई यात्रुवाहक बसमा राखेर आ–आफ्ना क्षेत्रमा पु¥याई क्वारेन्टाइनमा राखिने बताइएको छ । सीमावर्ती भारतीय क्षेत्रमा कष्टपूर्ण तरिकाबाट हजारौँ नेपालीहरु रहेको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर