
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

बुधबार एकैदिन १७ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो ।

बुधबार एकै दिन झापाका १५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सका अनुसार प्रदेश प्रयोगशाला र धरानमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
Views: 210

