Aamsanchar

दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ

Author Image
शुक्रवार, जेठ ९, २०७७

सांकेतिक तस्वीर

डडेल्धुरा- डडेल्धुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

स्वास्थ्यकर्मीको नक्कली परिचय बोकेर हिँड्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो। लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले बुधबार दुई जनालाई नक्कली परिचयपत्रसहित पक्राउ गरेको हो।

धनगढीबाट अछाम जान लागेका अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउदलाई डडेल्धुराको स्याउले बजारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि दुवैजनालाई पक्राउ गरी नियन्त्रणमा लिइएको डिएसपी न्यौपानेले बताए।

‘उहाँहरू मोटरसाइकलमा अछाम जाँदै हुनुहुथ्यो। शंका लागेपछि स्याउले प्रहरीले चेकजाँच गर्दा अर्कैको कार्ड भेटियो’ उनले भने,‘उहाँहरुलाई अहिले हामीले नियन्त्रणमा लिएका छौं।’ पक्राउ परेका उनीहरूमाथि संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही हुने जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 561

प्रतिक्रिया (०)

सम्बन्धित खबर