Aamsanchar

नेपालमा आज नौ जनाले जिते कोरोना, निको हुनेको संख्या ७९ पुग्यो

Author Image
शनिवार, जेठ १०, २०७७

दैनिक कोरोना संक्रमितको संख्या यती र उती भन्दै आईरहने समाचारले निरास र भय पैदा पनि भईरहेको छ । यो जिल्लामा र त्यो पालिकामा संक्रमित पुष्टीको खबरलाई सहज रुपमा दिन सक्ने अवस्था पनि छ भन्ने कुरालाई कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएको समाचारलाई मान्न सकिन्छ ।

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत ९ जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

आज डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् । यसैगरी एक जना भारतीय नागरिक समेत संक्रमण निको भएर डिस्चार्ज भएका छन् । १९ देखि ५१ वर्षसम्मका उनीहरु सबै पुरुष हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमण निको भइ निको हुनेको संख्या ७९ जना पुगेको छ ।

यसअघि नै पर्साका ३, रुपन्देहीका १, उदयपुरका २३, बाँकेका २, काठमाडौंका ९, कैलालीका ४, रौतहटका १, बागलुङका २, चितवनका २, झापाका २ तथा भोजपुर र कञ्चनपुरका १–१ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म ५८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु समेत भएको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न दुई महिनायता देशमा लकडाउन भएपनि संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर