Aamsanchar

भारतलाई प्रश्न, बंगलादेशको ४३ हजार बिघा जमिन फिर्ता गर्ने, नेपालको चाहिँ हडप्ने ?

Author Image
आइतवार, जेठ ११, २०७७

काठमाडौं – नेपालले नयाँ नक्सा जारी गर्नु पनि भारतिय पक्षलाई एक पछी अर्को प्रश्न गर्नेक्रम भईरहेको वेला अर्को गहन प्रश्न खडा भएको छ ।  पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ ।

सन् १९७१ देखिको भारत र बंगलादेशबीचको सीमा विवाद ४४ वर्षसम्मको निरन्तर प्रयासबीच ७ मे २०१५ मा वार्ताद्वारा टुंगो लागेको थियो । सोही वार्तापछि बंगलादेशले भारतबाट अतिक्रमित करिब ४३ हजार बिघा भूमि फिर्ता पाएको थियो ।

बंगलादेशको अतिक्रमित भूमि फिर्ता गरेको भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमण गरेको झण्डै ३ सय ३५ वर्ग किलोमिटर भूमि फिर्ता गर्नुको विकल्प नरहेको अधिवक्ता तथा अन्तर्राष्ट्रिय कानुनका अध्येता डा। गोकुल प्रसाद बुर्लाकोटीको ठम्याइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर