Aamsanchar

परिणामपछि दमक उद्योग बाणिज्य संघमा आरोपप्रत्यारोप

Author Image
बुधवार, भदौ २९, २०७३
निर्वाचित अध्यक्ष राजेन्द्र ढकाल

निर्वाचित अध्यक्ष राजेन्द्र ढकाल

[बिष्णुप्रसाद पोखरेल]
दमक ।
दमक उद्योग बाणिज्य संघमा स्थानीय राजनीतिक दलहरुको बिश्लेषण अनुसार अप्रत्याशित नतिजा निकाल्दै स्वतन्त्र प्यानलका राजेन्द्र ढकाल सहित महत्वपूर्ण पदाधिकारीहरुमा जित हासिल गरेपछि स्थानीय नेतृत्वबीच आरोपप्रत्यारोप शुरु भएको छ । ढकाल सहित बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, दितिय उपाध्यक्ष युवराज घिमिरे सहित बिभिन्न प्यानलबाट उम्मेदवार बनेर जित हासिल गरेर मतदाता ब्यवसायिहरुसंग बिजेताहरु घरदैलोमा गइरहेका बेला स्थानीय राजनीतिक दल र यसको नेतृत्व गम्भिर समिक्षामा लागेको छ ।
करोडभन्दा बढि खर्च गरेका उम्मेदवारहरुलाई हराउनका लागि पार्टी र बिश्वास गरिएका ब्याक्तिहरुबाट नै घात भएको भन्दै नेपाली काँग्रेस सहितको गठबन्धनका राजनीतिक दल र नेकपा एमाले सहितका गठबन्धनका दलहरु समिक्षा गर्नमा जुटेका हुन् । एमालेभित्र दूईवटा उम्मेदवार भएको र बिबाद समेत सहतमा आएकाले काँग्रेस सहितका प्यानलबाट उम्मेदवार बनेका गोकुल श्रेष्ठले हारको कल्पना समेत गरेका थिएनन् । उनले निर्वाचनको दूइ दिनअघिमात्र भएको उम्मेदवारहरुबीचको ककसमा भनेका थिए– मैले उप बिजेता बन्ने परिकल्पना पनि गरेको छुइन र म उपबिजेता बन्दिन ।
काँग्रेसभित्र श्रेष्ठलाई घात गर्नेहरुको खोजि शुरु भएको नेपाली काँग्रेस दमक नगरकमिटीका एक नेताले बताए । उनका अनुसार काँग्रेस प्यानलका करिब १ सय ५० मत अन्य दुई उम्मेदवार गणेश बस्नेत र राजेन्द्र ढकाललाई गएको छ । यता एमालेका आधिकारीक उम्मेदवार गणेश बस्नेतलाई हराउन पनि आफ्नै निकटस्थ मानिएकाहरु नै लागेको आरोप लाग्दै आएको छ ।
एमालेसंगको गठबन्धनमा राप्रपा नेपालका सहमहामन्त्री सहित रहेका राम थापा आएपछि जितको बलियो आधार बनेका बताइदै आएको थियो । दमकको राजनीतिमा निर्णायक ब्याक्ति मानिने थापालाई बस्नेतलाइ जिताउन असफल भएको मानिए पनि उनि भने सफल भएकाछन् । मेयरको दाउ हेरिरहेका उनका लागि यो हार र पार्टी भित्र फूटको अवस्था आउने वातवरण बनाउनु फाइदा रहेको छ । उनले यसलाई पनि आफ्नो एउटा दर्बिलो सफलताको रुपमा बिश्लेषण गरेको बुझिन्छ ।
सामाजिक सञ्जाल तथा फेसबुकमा समेत अहिले बिबाद चुलिएको र एकले अर्कालाई आरोप लगाएको स्टाटसहरु लेखेको पाइन थालेको छ । काग्रेस गठबन्धनबाट कार्य समिति सदस्यमा उठेर पराजित बनेको बेदु गौतमले आफ्नो फेसबुक स्टाटसमा लेखेकाछन्–घात अन्तर्घात को पराकाष्ठा राम्रोसँग हेर्न पाइयो यसपटक । आफ्नै भनाउदाहरु समेत बिपक्षी टिम को रक्सिमा टिनिक्क भएको पनि देखियो । नेता भनाउने हरुल ेआफ्नै घर जलाएर खरानी को व्यापार गरेको पनि हेरियो । यति हुदाहुदै पनि ५६९ जाना उद्योगी व्यावसायीले स्नेह पुर्बक मतदान गर्नु भयो । यहाहरुप्रती हार्दिक आभार । मतदान नगर्नु हुने महानुभाब प्रति पनि धन्यवाद । सदैब व्यावसायिक हित को पक्षमा निरन्तर कुनै न कुनै रूपमा क्रियाशील भइरहने छु । यो मेरो प्रतिबद्धता हो ।
एमाले गठबन्धनबाट सदस्यका उम्मेदवार शम्भु भण्डारीले आफ्नो फेसबुक स्टाटसमा कडा टिप्पणि गरेका छन् । उनले लेखेकाछन्– बिचारा बिजय बराल जि भाइ ले हार्दा सारो पीडा भएछ कारक शम्भु ? सेतै जुगा र कपाल फुले सत बुधी फुलेन, राम को सगत गर कु बिचार पखालिने छ , पन्चे गठ बन्धन आखिर गनायो ।
यसैबीच एमालेले कार्वाही गरेपछि दर्बिलो बनेर राजनीतिमुक्त बाणिज्य संघको नारामा सफल ढकाल, खतिवडा र घिमिरे अब कुन राजनीतिक दलमा जालान भन्ने पनि अहिले दमकमा बहस चुलिएको छ । उनिहलाइ केहि राजनीतिक दलका नेताहरुले फोन गरेर आफ्नो पार्टीमा बोलाउने गरेका त कार्वाही गरेको भनेको पार्टीबाट समेत गल्ति कमजोरी स्विकार गर्दै घर फर्कन आग्रह गर्न थालेको पनि बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर