Aamsanchar

भारतबाट नेपाल आउन सरकारले निस्चित नाका तोक्यो

Author Image
शनिवार, जेठ १७, २०७७

फायल फोटो काँकटभिट्टा नाका

सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ।

कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो।

जसमा पशुपतिनगर इलाम, काकडभिट्टा झापा, रानी मोरङ, कुनौली सप्तरी, ठाडी सिराहा, माडर सिराहा, भिट्टामोड महोत्तरी, मंगलवा सर्लाही, गौर रौतहट, वीरगञ्ज पर्सा, महेशपुर बारा , बेलहिया रुपन्देही, तौलिहवा कपिलवस्तु, कृष्णनगर कपिलवस्तु, जमुनाह बाँके, सुरजपुर बर्दिया, गौरीफन्टा कैलाली, गड्डाचौकी कंचनपुर, झुलाघाट बैतडी र दार्चुला रहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

‘यो नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याइने छ,’ सचिव बिडारीले भने।

सरकारले भारत हुँदै तेस्रो देशको नागरिकलाई नेपाल प्रवेश गर्न लकडाउन सुरु हुनुअघि देखि नै रोकिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर