झापा । कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा एक–एक जनामा कोरोना पुष्टि भएको छ । कमल गाउँपालिकामा पहिलो संक्रमित फेला परेको हो ।
स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ सय १ जना नयाँ संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना संक्रमण देखिनेमा आज १७९ पुरुष र २२ जना महिला रहेका उनले जानकारी दिए ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । जसमा दुई हजार १३० पुरुष रहेका छन् भने १७० महिला रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा पीसीआर ४ हजार ९२४ वटा नुमना संकलन गरे परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज कोरोना परीक्षणको दर केही बढेको देखिन्छ । पछिल्लो २४ घण्टामा १२ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म देशभरबाट कोरोनालाई जितेर २७८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा २२२ जना पुरुष र ५६ जना पुरुषहरु रहेका छन् । ९ जना कोरोना संक्रमितको मृत्यू भएको बताइएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् ।
देशभर एक लाख २० हजार ३७९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।