Aamsanchar

रेडियो कार्यक्रम काराबासको सम्झना संचालक पत्रकार भण्डारी अस्पताल भर्ना

Author Image
आइतवार, जेठ ३२, २०७७

बिर्तामोड । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवं कन्चनजंघा एफएमका प्रबन्ध निर्देशक, झापाली पत्रकारका एक अग्रज चन्द्र भण्डारीलाई अस्पताल भर्ना गरिएको छ ।

टाउकोमा समस्या देखिएपछि उनलाई आज साँझ बिर्ता सिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएको हो । उनको टाउकोमा रगत जमेको कुरा चिकित्सकले बताएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए । भण्डारीको राति ८ बजेदेखि टाउकोको शल्यक्रिया शुरु भएको जनाइएको छ ।

शल्यक्रियाका लागि रगत चाहिएको र रगत दिन भण्डारीका भतिजा नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा अस्पताल पुगेको ढकालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर