Aamsanchar

मेचीनगरका एक अधबैसे यौन दुर्व्यहार गरेको आरोपमा पक्राउ

Author Image
सोमवार, असार १, २०७७

बिर्तामोड। दुर्व्यवहार, बलत्कारका घटनाले देशलाई नै हल्लाउने गरी कयौं आन्दोलन हरु भएका छन् । अपराध पुष्टी भएकाहरु जेल सजाय भोग गरिरहेका छन, कती आफ्नो पैषा र शक्तिको भरमा खुलेआम हिडिरहेका छन । धेरै घटनाहरु लेनदेनमा मिलाईएको छ । कति परिवारको सहमती र कती राजनितीदलका नेताहरुको पहल र हस्तक्षेपले मुद्धाका बादी प्रतिवादी तैचुप मै चुप बनेर मेलमिलाव गरेका पनि छन । यती धेरै घटनाहरु बाहिर आईरदा पनि बलत्कार जस्तो अघन्न अपराधमा कमी आउन नसक्नु वर्तमान कानुन फितलो भयो भन्ने सवालहरु सडक देखि सदन सम्म उठने गरेको छ । त्यस्तै बालिका बलत्कार प्रयास घटना सार्वजनिक भएको छ ।

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापा मेचीनगरका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय रमेश बस्नेत छन् । उनले झापाको मेचीनगर–२ मा १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेका थिए । प्रहरीका अनुसार जेठ २६ गते साँझ घरबाट पसल जाँदै गरेका बेला बस्नेतले बालिकालाई नजिकैको मकैबारीमा लगेर दुर्व्यवहार गर्न खोजेका थिए ।

बालिकाले बयानमा यसअघि पनि बस्नेतले पटकपटक यौन प्रस्ताव राख्दै आएको प्रहरीसमक्ष बयान दिएकी छन् । जेठ २६ गते मकैबारीमा लगेर दुर्व्यवहार गर्न खोजेपछि बालिका चिच्चाएकी थिइन् । उनी चिच्चाएको अभिभावकले थाहा पाएका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टका डिएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तर्गत म्याद थप गरिएको छ । जिल्ला अदालत झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको पोखरेलले जानकारी दिए ।

आरोप पुष्टि भए उनलाई बढीमा ३ वर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान छ । अभियुक्तका परिवार र दलका नेता कार्यकर्ताहरुले ‘मिल्नुपर्छ’ भन्दै बालिका र उनका अभिभावकलाई मानसिक दबाब दिइरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर