Aamsanchar

झापामा भारतीय तस्करहरुबाट प्रहरी असुरक्षित, एक प्रहरीलाई घिसार्दै भारत छिराए, गाउँलेले गरे उद्धार

Author Image
मङ्गलवार, असार २, २०७७

फायल तस्वीर

बिर्तामोड । झापाका सीमा क्षेत्रमा पछिल्लो समयमा तस्करहरुले प्रहरीमाथी पटक पटक आक्रमण हुन थालेको छ । कहिले प्रहरीको पोष्टमा आक्रमण त कहिले प्रहरीमाथीनै नियोजित ढंगले आक्रम भएका घटना यस अघीपनि सार्वजनिक भएको छ सिमामा खटिएका प्रहरीले आत्मरक्षाको लागि गोली समेत चलाउन परेको घटना सेलाउन नपाउदै झापा गाउँपालिका १ लसुनामा तस्कर हरुले शसस्त्र प्रहरीमाथी आक्रमण गरेका छन । भारतीय तस्करले सशस्त्र प्रहरीलाई घिसार्दै भारत छिराएको अवस्थामा सोमबार राती नेपाली नागरिकले सशस्त्र प्रहरीलाई तस्करको हातबाट बचाएका छन् ।

लसु्नाबासीका अनुसार नेपालभारत सीमामा गस्ती गरिरहेका दुई जना सशस्त्र प्रहरीमध्ये १ जनालाई ४० जनाको समूहमा आएका भारतीयले घिसार्दै १ सय मिटरभित्र पुर्र्यासकेका थिए । सशस्त्र प्रहरीले बचाऊ बचाऊ भन्दै गुहार मागेपछि स्थानीयबासीले भारतीयको हातबाट बचाएको स्थानीय अगुवाले जानकारी दिए ।

सोहि समयमा हार्डवेयरका सामग्री नेपाल छिराउने योजना सहित भारतीयहरु आएको बुझिएको छ । गस्तिमा बस्ने सशस्त्रले सामान छिराउन नदिए उनीहरु माथि नै हमला गर्ने गरी योजनाको साथ भारतीय तस्कर आएको स्थानीयको भनाई छ ।

केहि व्यक्तिले सामान नेपाल तर्फ छिराउन थालेपछि अन्यले सशस्त्रलाई घिसार्दै भारत छिराएको उद्धारमा सहभागी एक नेपालीले जानकारी दिए । उनी भन्छन्, एकछिन ढिलो भएको थियो भने ठुलो दुर्घटना हुने थियो ।

सशस्त्र प्रहरीका एसपी रेशम थक्सुले सो स्थानबाट ठुलो परिमाणमा मोटरपार्टस र सुर्ति बरामद गरिएको जानकारी दिए । उनका अनुसार तस्करले नेपाली भूभागमा तस्करी गरेर ल्याएका सामान छरेका थिए । खेतबारी र बाटो छेउछाउमा सामान छर्नेहरुलाई सुरक्षाले तस्करी गर्न नदिएको जानकारी दिए । तस्करबाट सामान खोस्दा घम्साघम्सीसम्म भएको उनको भनाई छ ।

टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा तानातान भएको जानकारी दिए । उनले तत्कालै फोन आएपछि आफुहरु पुगेको र ठुलो दुर्घटना हुन नपाएको बताए ।

५० जनाभन्दा बढि नेपाली घटनास्थल पुगेर सशस्त्र प्रहरीको उद्धार गरिएको थियो । जिल्लामै धेरै तस्करी हुने सीमाको रुपमा परिचित लसुना क्षेत्र मा भारतीयको दादागिरी नियन्त्रणमा अझै समस्या भइरहेको देखिएको छ । नेपालीसँगै मिलेर तस्करी गरेपछि सुरक्षा संवेदनशीलता झनै बढेको छ । सो क्षेत्रबाट तस्करीक गर्न विगतमा सुरक्षाबाटै सहयोग मिल्ने गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर