Aamsanchar

कचनकवलमा भन्सार छली गरेर ल्याएको सामान प्रहरीद्वारा बरामत

Author Image
मङ्गलवार, असार २, २०७७

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाबाट सोमबार प्रहरीले अबैद्ध रुपमा नेपाल भित्रयाईएको सामान बरामत गरेको छ ।

सामान तस्करी हुदैगरेको बिशेष सुराकी मार्फत जानकारी प्राप्त भएपछि कचनकवल–५ पाठामारी बाट प्रहरीले भन्सार छली गरेर लुकाई छिपाई गरेर ल्याएको सामानहरु बरामत गरी भन्सारकार्यालयलाई बुझाईएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी बरामत गरेको टोलीले बिंडी, सुर्ती, चियापत्ती, अण्डरवेयर, भेष्ट, चिनी, खाने तेल र रजनीगन्धा गरि (दुई लाख) बजार मुल्य बराबरको समानहरु भद्रपुर भन्सार कार्यालयमा बुझाईएको झापा प्रहरी कार्यालयका सुचना अधिकारी राकेश थापाले जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर