Aamsanchar

महिला सङ्घमा पाण्डे र रेग्मीबीच प्रतिस्पर्धा

Author Image
शुक्रवार, भदौ ३१, २०७३

राधा चालिसे,

काठमाडौंँ ।

UMA MINA

  नेपाल महिला सङ्घको काठमाडौँमा जारी तेस्रो महाधिवेशनमा सङ्घका पूर्वअध्यक्षहरू उमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुवै प्रत्यासीले आआफ्नो प्यानलसहित शुक्रबार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।  दुई कार्यकाल महिला सङ्घको नेतृत्व गरिसक्नुभएकी मीना पाण्डेको समूहबाट महासचिवमा गोमा केसी र कोषाध्यक्षमा कुसुम थापा (मगर)ले उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारी दर्ता गराएपछि पाण्डेले नेपाली महिलाको सशक्तीकरण,  सबै क्षेत्रमा सम्मानजनक सहभागिता, सामाजिक विभेद र शोषण अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले ५१ प्रतिशत जनसङ्ख्या रहेको महिलाले हाल प्रचलित ३३ प्रतिशत आरक्षणको सुनिश्चितता र स्थानीय निकायमा ४० प्रतिशत आरक्षणको सुनिश्चितताका लागि उम्मेदवारी दिएको बताउनुभयो ।   उहाँले पार्टीले आफूलाई प्रस्ताव गरिएको मन्त्री पद छोडेर महिला सङ्घको नेतृत्व गर्न उम्मेदवारी दिएको दाबी पनि गर्नुभयो ।
त्यस्तै २०५८ सालमा महिला सङ्घको निर्वाचित अध्यक्ष भइसक्नुभएकी उमा रेग्मीको समूहबाट धना खतिवडा महासचिव र जानुका सिंहले कोषाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।  रेग्मीले पार्टीदेखि राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न, संविधानप्रदत्त    हक अधिकार स्थापित गर्नका लागि आफूले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले विभिन्न जिल्लाका महिला नेत्रीहरूको आग्रहमा आफूले उम्मेदवारी दिएको दाबी पनि गर्नुभयो ।   सङ्घको नयाँ विधान अनुसार पदाधिकारी र सदस्य गरी ५३ जना निर्वाचनबाट चयन हुनेछन् भने नौ जना मनोनीतको व्यवस्था छ ।   अध्यक्ष, महासचिव, कोषाध्यक्ष, खुला सदस्य २२,  प्रस्तावित सात प्रदेशबाट तीन तीनजना गरी २१ सदस्य रहने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर